३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

काठमाडौं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।

Advertisement

स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो ।

केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । बोर्डको भर्चुअल बैठकमा अचम्मित बन्दै बोर्डका अधिकारीले प्रश्न गरेका थिए– ‘यस्तो अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? यस्तो गम्भीर विषयमा तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत विद्यालयको बारेमा छानबिन गर्नुपर्छ ।’

परीक्षाफल ढिलो प्रकाशित भए पनि केही फरक पर्दैन भन्दै बैठकमा बोर्ड सदस्यहरूले यस विषयमा तत्काल छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । सबै सदस्यले मतैक्यता जाहेर गर्दै परीक्षाफल प्रकाशित गर्न हतारिन नहुने धारणा राखेका थिए । लगत्तै बोर्डका अधिकारीले यो विषयमा एक साता समय माग गर्दै ‘ए’ र ‘ए प्लस’ अंक दिने विद्यालय र विद्यालयका प्रधानाअध्यापकको विषयमा समेत छानबिन गर्ने जनाएका थिए ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो छाप्रामै थलिए राउटे