ताजा अपडेट »

सैनामैनास्थित लिटिल बर्डस् स्कूलमा 'प्लस टू' सञ्चालन हुने

सोमबार, १८ साउन २०७८, १९ : २०
2 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगपालिकामा रहेको लिटिल बर्डस् ई.स्कूलले प्लस टू सञ्चालन गर्ने भएको छ । सैनामैना–२ रानीबगिया स्थित विद्यालयले यसै शैक्षिक सत्रदेखि विभिन्न संकायमा ११ र १२ का कक्षा सञ्चालन गर्ने तयारीका साथ अगाडि बढेको हो ।

विद्यालयले म्यानेजमेण्ट,होटल म्यानेजमेण्ट र कम्प्यूटर साइन्स का कक्षाहरु सुभारम्भ गर्ने अन्तिम तयारीका साथ आगाडि बढेको विद्यालयका प्राचार्य श्रवण कुमार गौतमले बताए । विगत २ दशकदेखि विद्यालयस्तर ( कक्षा १० सम्म)को शिक्षा प्रदान गर्दै आएको विद्यालयले शैक्षिक नीति र आवश्यकता अनुसार थप कक्षाहरु सञ्चालन गर्न लागेको उनले जानकारी गराए ।

उनले भने‘ यस क्षेत्रमा थप संकाय र उच्च शिक्षाका लागि कक्षाहरु पनि आवश्यक रहेको महसुस गर्दै हामीले हाललाई तीन वटा संकाय थप गर्दै कक्षा सञ्चालन गर्न लागेका हौं । यसका लागि हामीसँग भौतिक पूर्वाधार पनि भएको र थप पूर्वाधार निर्माण गर्ने योजनासहित गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्यका साथ कक्षाहरु सञ्चालन गर्दैछौं ।

बुटवल पश्चिम क्षेत्रमानै होटल म्यानेजमेण्ट,कम्पयूटर साइन्स अध्ययनका लागि विद्यार्थीहरुको माग भएको हुँदा विद्यालयले व्यवस्थापनसँगै होटल म्यानेजमेण्ट र कम्यूटर साइन्सका कक्षा सञ्चालन गर्ने विद्यालयका सहायक प्राचार्य सुरेश पौडेलले बताए । उनले भने ‘ समय सापेक्ष शिक्षाको आवश्यकता भएको हुँदा हामीले मागलाई मध्यनजर गर्दै तीन संकाय सहित कक्षा ११ का कक्षाहरु सुरु गर्दैछौं । यो यस क्षेत्रका विद्यार्थी,अभिभावक र सरोकारवालाको माग पनि हो । माग अनुसार पठन–पाठनलाई व्यवस्थित र व्यवहारिक बनाउने हाम्रो तयारीसँगै प्रतिवद्धता पनि छ ।’

थप नयाँ संकाय र कक्षा सञ्चालनका लागि अनुभवी शिक्षक/प्रध्यापक,व्यवस्थित भौतिक संरचना,कम्प्यूटर ल्याब,छुट्टै प्रयोगशाला,यातायात,चमेनागृह लगाएतका पूर्वाधार तथा आवश्यक सामग्रीहरुको व्यवस्था गरिएको र थप स्तरोन्नती गर्दै जाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्माले बताए । उनले भने ‘ हाम्रो विद्यालयमा पहिलेदेखिैनै आवश्यक भौतिक पूर्वाधारको व्यवस्था थियो । थप कक्षाका लागि अहिलेलाई सहज छ तर, हामीले पूर्वाधार बढाउनेतर्फ पनि योजना बनाएर अगाडि बढेका छौं । हाललाई विद्यार्थीको संख्या र मागलाई उचित व्यवस्था गर्दै थप संकाय र कक्षाका लागि पनि हामीले अहिल्यै सोँचेर योजना बनाएका छौं ।’

विद्यालयले कक्षा १० सम्मका कक्षका विद्यार्थीहरुका लागि शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको विद्यालयका शिक्षक विनोद क्षेत्रीले बताए । उनले भने ‘हामीले विद्यालय स्तरका विद्यार्थीहरुलाई विभिन्न खेलकूदसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षालाई पनि जोड दिँदै आएका छौं । र,थप कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पनि सहभागी गराउने छौं।’

विद्यालयले शुपथ शुल्कमा नै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने जनाएको छ । सैनामैनासहित बुटवलका विद्यार्थीहरु लक्षित गरी कक्षा सञ्चालन गर्न लागेको र होटल म्यानेजमेण्टका विद्यार्थीहरुको प्रयोगात्मकका लागि विभिन्न होटल तथा रेष्टूरेण्टहरुसँग सहकार्य गर्ने सहमति भएको जनाएको छ । शिक्षासँगै रोजगारको पनि सुनिश्चितता गर्ने विद्यालयको योजना रहेको प्राचार्य गौतमको दावी छ । विद्यायल रानीबगिया चोकदेखि ३ सय मिटर उत्तर शान्त र हरियाली वातावणमा अवस्थित छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।