६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बुटवल’ पुस्तक प्रकाशनमा गम्भीर लापरबाही भएको छ । बुटवल उपमहानगरले अनिवार्य शिक्षाको रुपमा लागू गरेको कक्षा २ को ‘हाम्रो बुटवल’ विषयको पुस्तक प्रकाशनमा लापरबाही भेटिएको हो ।

Advertisement

स्थानीय निकायहरुले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम विकास गरी लागू गर्न पाउने शिक्षा नियमावली अन्तरगत प्रकाशन गरिएको कक्षा २ को अँग्रेजी संस्करणको ‘आवर बुटवल’ विषयको पुस्तकमा गलत सामग्री छापिएको छ । ८८ पेजमा प्रकाशित उक्त पुस्तकको पेज नम्बर ४८ मा गलत सामग्री छापिएको हो ।

बुटवलको जीतगढी किल्लादेखि उत्तरमा रहेको बुटवलसँगै जोडिएको तिनाउ गाउँपालिका–२ मा अवस्थित नुवाकोट गढीको विषयमा जानकारी गराउने उद्देश्यले तयार पारिएको ‘वल्ड बुटवल’ (पुरानो बुटवल) शिर्षकको पाठमा नुवाकोट चिन्हाउन प्रयोग गरिएको तस्विर गलत भएको छ । उक्त पुस्तकमा बुटवलको नुवाकोट गढी नभई नेपालकै नुवाकोट जिल्लामा अवस्थित नुवाकोट दरबारको तस्विर छापिएको छ । बुटवलको एतिहासिक स्थलको रुपमा नुवाकोटलाई परिचित गराउने उद्देश्यले छापिएको पुस्तकमै गलत सामग्री प्रयोग हुँदा विद्यार्थीप्रति खेलवाड गरिएको मात्र होइन नुवाकोट गढीको नै खिल्लि उडाउने काम भएको छ ।

उपमहानगरले बुटवल भित्रका सामुदायिक तथा निजी गरी सबै विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म ‘हाम्रो बुटवल’ विषय अनिवार्य गरेको छ । बुटवल उपमहानगर शिक्षा समितिले पाठ्यक्रम तयार पारी पुस्तक लेखन तथा प्रकाशनका लागि बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. नारायणप्रसाद पन्थ सहितको समूहलाई दिएको थियो । पुस्तकको लेखन तथा प्रकाशन टिममा डा. लक्ष्मी पोखरेल, खिमानन्द भण्डारी, छवि नेपाल, राजेन्द्र प्रसाद आचार्य र गोविन्द ज्ञवाली रहेका छन् । पुस्तकको भाषा रुपान्तरण तथा सम्पादकको रुपमा मनोज प्रसाद सापकोटा र दिनेश पन्थी रहेका छन् ।

पुस्तक छपाई तथा वितरणको जिम्मा आदर्श छापाखाना भक्तपुर मल्टि कलर प्रिन्टर्स प्रा.लिले लिएको थियो । बिक्री मूल्य १२३ रुपैयाँ राखिएको पुस्तक बुटवलका कक्षा दुईमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुले खरिद गरि सकेका छन् ।

पुस्तकमा प्रयोग गरिएको तस्विर (नुवाकोट जिल्लाको नुवाकोट दरबार)

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार