ताजा अपडेट »

इट्टा व्यवसायीका लागि रणनीतिक कार्यशाला

शुक्रबार, १५ साउन २०७८, २० : २१
4 Shares

बुटवल । रुपन्देहीमा ईट्टा उद्योग सञ्चालकका लागि दुई दिने व्यवसायिक रणनीतिक कार्ययोजना कार्यशाला शुक्रबार सम्पन्न भएको छ । ग्लोबल फेयरनेस इनिसियटिभद्वारा संचालित बेटर ब्रिक नेपाल (बिविएन) परियोजनाले रुपन्देही र कपिलबस्तुका ईट्टा उद्योग संचालकहरुलाई उद्योगमा व्यवसायिक रणनीतिक कार्ययोजना कार्यशाला गरेको हो ।

कार्यशालामा ग्लोवल फेयरनेसका कार्यक्रम प्रमुख भास्कर अधिकारी, सिनियर कम्युुनिकेशन अफिसर संयुक्ता भण्डारी, प्राविधिक प्रमुख श्याम महर्जन, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा ब्यवायिक दक्षता, गुणस्तरीय उत्पादन तथा सम्पादन, उद्योग र ग्लोवल विचको सहकार्य, प्राविधिक सहयोग, सामाजिक उत्तरदायित्व र उद्योग र मजदुरविचको सहकार्य तथा अपनत्वका बारेमा छलफल भएको ग्लोवलका प्रोग्राम म्यानेजर पुर्णिमा सिंह क्षेत्रीले जानकारी दिए ।

कार्यशालामा बिविएन परियोजना संचालन भएकारुपन्देही र कपिलबस्तुका झण्डै दुई दर्जन ईट्टा उद्योग संचालकहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।