ताजा अपडेट »

इन्टेलेक्च्युअल स्कूल बुटवलमा कविता प्रतियोगिता

शुक्रबार, १५ साउन २०७८, १७ : ०६
6 Shares

बुटवल । इन्टलेक्चुअल एकेडेमी बुटवल ११ कालिकानगरले ‘भर्चुअल कविता वाचन’ प्रतियोगिता सम्पन्न भएको छ। बिद्यालयका तिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीको संयोजकत्वमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरिएको थियो । साथै कार्यक्रम छनोट चरण (बिहिवार) र फाइनल चरण (शुक्रबार) गरि दुई चरणमा गरिएको थियो।

बिहिवार भएको छनोट चरणमा १ सय ५० बिद्यार्थीहरुले भाग लिएका थिए जसमध्ये बाट माध्यमिक तहमा ३० जना, निम्नमाध्यमिक तहमा २० र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए । फाइनल चरणमा प्रवेश गरेका विद्यार्थीहरुले भर्चुअल माध्यमबाट शुक्रबार भएको फाइनल चरणमा आफ्नो कविता वाचन गरेका थिए ।

जसमा माध्यमिक तहबाट क्रमशः प्रथम शुशिला पान्डे कक्षा ९ द्वितीय, शौरभ खनाल कक्षा १० तृतीय, रिना रिजाल कक्षा १० र शान्त्वनामा बर्षा पोख्रेल कक्षा ९ र निस्चल पान्डे कक्षा ८ रहेका छन भने निम्न माध्यमिक तहबाट क्रमशः प्रथम बिनय पोख्रेल (६), द्वितीय सुजल पौडेल (७) र आशिका पोख्रेल (५), तृतीय मन्दिपा पन्थी (५) र इप्सा गौतम (६) भएका थिए र प्राथमिक तहमा प्रथम कृतिका पौडेल (४), द्वितीय शैली देबकोटा (३) र तृतीय दीक्षा भट्टराई (२) भएका थिए ।

भने बिधालयले पूर्व प्राथमिक तहका बिद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारिले भर्चुअल माध्यमबाट भएपनि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताए।

कार्यक्रममा माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा बिकास पान्डे र प्राथमिक तहमा जिना खड्किले कार्यक्रम संचालन गरेका थिए भने निर्णायकको भुमिका शोभा देबकोटा, राजु कुवर, मन्जु गौतम र सुस्मा देबकोटाले गरे । कार्यक्रममा बिजयी बिद्यार्थीहरुलाइ बिधालयले पुरस्कृत गर्ने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।