ताजा अपडेट »

स्कुल विभागको विवाद्, नेकपा बैठक फेरि सर्यो

आइतबार, १२ साउन २०७६, १२ : २९
4 Shares

साउन १२,
काठमाण्डौं । विभाग र आयोगको टुंगो लगाउन आज (आइतबार) दिउँसो बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ। नेकपाका सचिवालय सदस्यं एवं प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठक सोमबारसम्मका लागि सरेकाे जानकारी दिए।

नेकपाले आइतबार अपरान्ह ३ बजे सचिवालयको बैठक बोलाए पनि बैठक नबसी स्थगित गरेको हो। अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा नेकपामा विवाद जारी छ। सो विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन्। संगठन र विदेश विभाग पूर्व एमालेले लिन सहमति यसअघि नै भइसकेको छ। संगठन र विदेश पूर्व एमालेले लिएपछि स्कुल विभाग आफूले पाउनुपर्ने पूर्व माओवादी समूहले दावी गर्दै आएको छ।

पूर्व माओवादीले स्कुल विभागलाई ‘बटमलाइन’ बनाउँदै कुनै पनि हालतमा लिइछाड्ने बताएपछि स्कुल विभागमा थप विवाद भएको हो। पूर्व एमाले समूहबाट झलनाथ खनाल, घनश्याम भुसाल र वेदुराम भुसालले पनि स्कुल विभागमा दावी गरेका छन्। दुवै अध्यक्षको छलफलपछि बैठक सारिएको प्रचण्डका सचिवालय सदस्य विष्णु सापकोटाले बताए। ‘दुवै अध्यक्षबीच आइतबार बिहान भेटघाट भएको हो। स्कुल विभागमा सहमति नजुटेपछि सहमतिका लागि बैठक सारिएको हो’, सापकोटाले भने। स्कुल विभागमा सहमति जुट्न नसकेपछि यसअघि पनि सचिवालय बैठक पटक पटक सरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।