१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

मङ्गलबारे । उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला परका थिए । उनी उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आएका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो । कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब सफल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ । यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दोषी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका विषयमा छानबिन चाँडो हुनुपर्ने भन्दै उच्च अदालत अगाडि दबाबस्वरुप नाराबाजीसमेत गरेका थिए । अर्धनग्न अवस्थामा फेला परेकी उनी अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेको थियो । शव परीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान धरान पठाइनेसमेत बताइएको छ ।

फाकफोकथुममा शव फेला

इलामको फाकफोकथुममा एक पुरुषको शव फेला परेको छ । फाकफोकथुम–२ गोलेगाउँ निवासी अन्दाजी ५८ वर्षीय दानबहादुर तामाङ (गैरीघरे माइला) को शव फेला परेको हो । सोमबार दिउँसो स्थानीयवासीले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । फाकफोकथुम–२ को पुतलीखर्क भन्ने स्थानमा मृतावस्थामा बाटोमा भेटिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । एकतप्पा प्रहरी चौकीको टोलीले अनुसन्धान गरिरहेको भए पनि के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान भएपश्चात परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले इलामले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान