ताजा अपडेट »

रुपन्देहीमा १ लाख ६९ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

सोमबार, २८ असार २०७८, २१ : ०८
6 Shares

बुटवल । रुपन्देहीमा करिब १ लाख ६९ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका वडा नं.३ बस्ने ३६ वर्षिय मोहमद लाडले अन्सारी, सोही स्थान बस्ने १८ वर्षिय धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, २० वर्षिय विशाल यादव, २६ वर्षिय मोहमद सरिफ जोलहा, २७ वर्षिय सुरज यादव, २० वर्षिय निरज कुमार यादव , २४ वर्षिय संजय जैशवाल रहेका छन । त्यस्तै मायादेवी गाउँपालिका वडा नं.५ का २६ वर्षिय भगवानदाश कुर्मी, २६ वर्षिय सोनु मल्लाह, वडा नं.६ का १८ वर्षिय समिर धुनिया, २९ वर्षिय घनश्याम यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सोमबार विहान १० बजे कोटहीमाई गाउँपालिका- ३ स्थित मर्यादपुरबाट पक्राउ गरीएको थापाले बताए ।

उनीहरुको साथबाट नगद १ लाख ६८ हजार ९०५ रुपैया, बिभिन्न कम्पनीका मोबाईल १० वटा,  ३१५ वटा तासका पत्ती र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको एक वटा बरामद गरिएको थापाले बताए।  पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा मुद्धामा म्याद थप अनुमती लिई अनुसन्धान भैरहेको कार्यालयले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।