६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । प्रदेशको सुरक्षामा आधुनिक सुरक्षा प्रणाली लागू गर्ने भन्दै लुम्बिनी प्रदेश सरकारले जडान गरका सीसीटिभी क्यामेर बन्द भएका छन् । सडक सुरक्षा तथा आपराधिक क्रियाकलपहरुको रोकथाम तथा अध्ययन अनुसन्धानका लागि सहज गराउने उद्देश्यले बुटवलमा जडान गरिएका सिसिटिभी क्यामेरा काम नगर्ने अवस्थामा पुगेका छन् ।

Advertisement

विगत ३ महिनादेखि बुटवलमा जडान गरिएका एक दर्जन सिसिटिभी क्यामेराले काम गरेका छैनन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रयले डेढ वर्षअघि सिसिटिभी जडान गरी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान गरेको थियो । २ करोड ५९ लाख ९३ हजार लागतमा ११ जिल्लाका बिभिन्न शहरहरुमा सिसिटिभी क्यामेरा जोडिएका छन् ।

यसै बीच बुटवलमा जडान गरिएका १२ वटै सिसिटिभी बन्द भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लिनारायण पाण्डेले जानकारी दिए । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म ६ लेन सडक विस्तारको काम चलिरहेका बेला विद्युत लाईन काटिएका कारण बन्द भएका हुन् । बुटवलको गोलपार्क, विद्युत चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुल पारीसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलको कन्ट्रोल रुपमा कैद हुने गरी जडान गरिए पनि अहिले बन्द अवस्थामा छ ।

सडकमा राखिएका सिसिटिभि क्यामेराको कन्ट्रोलरुम उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ।

सडक सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामेराले काम गर्न छाडेपछि दुर्घटनाको अध्ययन अनुसन्धानमा समेत समस्या हुने गरेको ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले बताए । धेरै भिडभाड हुने तथा शहरका मुख्य नाकाहरुमा सिसिटिभि क्यामेरा राख्दा घटनाहरुको अध्ययन अनुसन्धान गर्न र सुरक्षा व्यवस्थाका लागि सहज हुने भए पनि जडान भएका क्यामेराहरुले समेत काम नगर्ने अवस्थामा पुगेको उनले बताए । सञ्चालनमा नआएका सिसिटिभि क्यामेराहरु मर्मत तथा पुनःसञ्चालनका लागि आफूहरुसँग बजेट अभाव भएका कारण बन्द अवस्थामा रहेको पाण्डेले बताए । क्यामेराहरु विग्रिएको अवस्थामा प्रदेश सरकार वा जडान गर्ने कम्पनीले नै मर्मत सम्भार गर्नु पर्ने भए पनि हालसम्म मर्मत नगरिएको उनले बताए ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीले भने सिसिटिभी क्यामेराहरु विग्रिएको बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । क्यामेराहरु जडान गरेर ट्राफिक प्रहरीको कार्यालयलाई जिम्मा लगाइएको बताउँदै उनले मर्मत गर्नु पर्ने अवस्थामा कार्यालयले मन्त्रालयलाई जानकारी दिनु पर्ने बताए । प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले हालसम्म कुनै पनि जानकारी नदिएको उनले बताए । प्रदेश सरकारले यो वर्ष पनि पुर्व-पश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिकाभित्रका विभिन्न चोकहरु र प्रदेशका अन्य ठाउँहरुमा सिसिटिभि क्यामेरा थप गर्नेगरी डेढ करोड बजेट विनियोजन गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार