२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीलाई नेपाल स्थित डेनिस रेडक्रसले आठसय शव व्यवस्थापन झोला हस्तान्तरण गरेको छ । कोभिड–१९ सङ्क्रमण, वाढी र पहिरो जस्ता विपदमा परी अकालमा ज्यान गुमाएकाको शव व्यवस्थापन ती झोला उपयोगमा ल्याइने छ । कोरोना सङ्क्रमित मृतकका स्थानीय स्तारमा नै झोला मार्फत शव व्यवस्थापन हुँदै आएको छ ।

Advertisement

मानवीय सेवाको उच्च निकाय सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई यहाँस्थित डेनिस रेडक्रसका प्रतिनिधि सोक्क्षि डिईले आज झोला हस्तान्तरण गरे । हस्तान्तरित झोला अस्पताल, सिसिएमसि तथा नेरेसोका जिल्ला शाखालाई उपलब्ध गराइने जनाइएको छ । सो अवसरमा कार्यकारी निर्देशक ढकालले कोरोना रोकथाम तथा नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिता दिइ मानवीय सेवाका गतिविधि जारी जानकारी दिँदै सहयोगका लागि डेनिस रेडक्रसलाई धन्यवाद दिए ।

उनका अनुसार सोसाइटीले कोरोना महामारी नियन्त्रणका लागि स्थानीय स्तरका आवश्यकता अनुसार मास्क, स्यानिटाइजर तथा स्वास्थ्यकर्मीका लागि पिपिई, , अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर लगायत अत्यावश्यक सामग्री सरकार तथा शाखा मार्फत् सहयोग गर्दै आएको छ । साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेका जनस्वास्थ्यका मापदण्डलाई पालना गराउन सचेतना अभिवृद्धि समेत सञ्चालन गर्दै आएको छ ।

डेनिस रेडक्रसका प्रतिनिधि डिईले आगामी दिनमा नेरेसोलाई निरन्तर सहयोग जारी राख्ने जानकारी दिए । सोसाइटीका विपद व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपानेले विपदमा परी मृत्युभएकाको शव व्यवस्थापन गर्न झोलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कोभिङ महामारीमा पनि मानवीय सेवालाई निरन्तरता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।उनका अनुसार सोसाइटीले हालसम्म कोरोना सङ्क्रमित मृतकको शव व्यवस्थापन गर्न दुईहजार ६०० झोला हस्तान्तरण गरिसेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ