१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीमण्डल फेरबलपछि बसेको पहिलो बैठकले स्थानीय निकायहरुलाई दिने अनुदान रकमको सीमा वृद्धि गरेको छ । बैठकले वित्तीय समानिकरण अनुदान तर्फ स्थानीय निकायहरुलाई दिने रकम वृद्धि गरेर ७० करोड पुर्याएको छ ।

Advertisement

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्थानीय निकायहरुलाई वित्तीय समानिकरण तर्फ दिने अनुदान रकममा १० करोडले वृद्धि गरेको हो । यसैगरी समपुर अनुदानतर्फ गाउँपालिकाहरुलाई १ करोड ५० लाख, नगरपालिकालाई दुई करोड र उपमहानगरपालिकालाई १ करोड गरी जम्मा १ अर्ब ८५ करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको हो ।
बैठकले विशेष अनुदानको रुपमा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई ६० लाख, नगरपालिकालाई ७० लाख र उपमहानगरलाई ८० लाख गरी कुल एक अर्ब उपलब्ध गराउने भएको हो ।

आज बसेको बैठकले मन्त्रालयहरु फेरबल गर्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्याल, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाकार विकासमन्त्री रहेका बैजनाथ चौधरीका लागि आर्थिक मामिला योजना मन्त्रालय, ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लिला गिरीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस मन्त्रालय अन्तरगत रहेको ग्रामिण तथा शहरी विकास मन्त्रालय भने आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगत राखिएको छ ।

कृषि, शहकारी तथा भूमि सुधार मन्त्री रहेकी आरती पौडेललाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी जसपाबाट मन्त्री बनेका विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी जसपाबाट नै मन्त्री बनेकी कल्पना पाण्डेयलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । नव नियुक्ता राज्य मन्त्री सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत राखिएको छ ।

विशेष अधिवेशन बोलाउने सरकारको तयारी

मन्त्री परिषदको बैठक बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले छिट्टै विशेष अधिवेशनको मिति तय गरिने बताएका छन् । नेपाली कांग्रेस तथा नेकपा माओवादीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराए लगत्तै विशेष अधिवेशनको माग गरेअनुसार मिति तय गरिने उनले उल्लेख गरे । सरकार अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेश सरकारले अब निरन्तरता पाउने दाबी गरे ।

लुम्बिनीबाट संघीयताको अभ्यास

सोही अवसरमा उपस्थित नव नियुक्त मन्त्री सन्तोष पाण्डेयले संघीयताको अभ्यास लुम्बिनीबाट सुरु भएको दाबी गरे । सरकारको समर्थन गर्ने वा नगर्ने भन्ने बारेमा पार्टिको केन्द्र तहले निर्णय नगरे पनि आफूहरुले संघीयताको सहित सदुपयोग गर्दै समर्थन गरेको उल्लेख गरे । आफूले पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेर जनताले देख्नेगरी काम गर्ने उनको प्रतिवद्धता थियो ।

यसअघि सपथ ग्रहण लगत्तै सञ्चारकर्मीहरुको जिज्ञासामा पाण्डेयले आफूहरुले अन्य प्रयोजनका लागि गरिएको हस्तारक्ष दुरुपयोग गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको आरोप लगाए । सोमर नै विपक्षी दलहरुले दर्ता गराएका अविश्वासको प्रस्तावमा जसपाका तर्फबाट ६ जना मध्ये ५ जना सांसदहरुको हस्ताक्षर रहेको थियो । अविश्वासको प्रस्ताव दर्ता भएपनि आफूहरु सरकारको पक्षमा रहेकाले पार्टीको केन्द्रीय नेतृत्वले आफूहरुलाई कारबाही नगर्ने उल्लेख गरे । ‘कारबाही भन्ने कुरा सेना प्रहरी भित्र हुन्छ ।’-सञ्चारकर्मीहरुलाई व्याग्यात्मक जवाफ फर्काउँदै मन्त्री पाण्डेयले भने पार्टीको केन्द्रीय नेतृत्वले के निर्णय गर्छ त्यो फरक पाटो हो, हामीले संघीयताको मर्मानुसार लुम्बिनी प्रदेशमा निर्णय गरेका हौं ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा