ताजा अपडेट »

खेलकूदको विकासका लागि सैनामैनामा समन्वय समिति

शुक्रबार, ०६ चैत्र २०७७, १२ : ४५
8 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले खेलकूद क्षेत्रको विकासका लागि नगर खेलकूद विकास मन्वय ससमिति गठन गरेको छ । नगरमा खेलको विकास तथा व्यवस्थित गर्नका लागि किशोर रानाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो ।

नगरपालिकाको कार्यविधि २०७७ को दफा ३ को उपदफा १ बमोजिम गठित समितिको सदस्यहरुमा सुरज बराल, नेत्रलाल पुरी, तिलक के.सी, प्रेम श्रीस, श्री दर्लामी, रेजिन श्रेष्ठ र मदन थापा रहेका छन् । नवगठित समितिलाई सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले मनोनयन पत्र प्रदान गर्दै खेलकूदको विकासमा लाग्न आह्वान गरे । बधाई तथा शुभकामना व्यक्त गर्दै उनले सैनामैनामा खेल गतिविधिलाई वृद्धि गर्दै खेलाडीहरुको व्यवसायीक रुपमा उत्पादनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।