२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आईताबार उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ ।उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो ।

Advertisement

उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आईतबार एक सूचना जारी गरी जनाएको छ । दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ । उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ ।प्रतिवादीले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड ९क०, ९ख० र ९छ० बमोजिम कसुर गरेको विभागको आरोप छ ।

ट्राफिकको व्यवहार सुधार अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ । महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत गरेको जनाएको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मूल्याङ्कन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुआत गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग सभ्य, शिष्ट र पारदर्शीरूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उक्त कार्यक्रमको लक्ष्य छ । यसका साथै नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागू गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

एक सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरी प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासनलगायत विषय समेटिएका छन् । प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुईलाई वृत्ति विकासमा जनिने गरी नगद पुरस्कार एवं सम्मान गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । यसले आमसेवाग्राही एवं सडक प्रयोगकर्तालाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास छ ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता