१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल । लाफा समूह बुटवलको आयोजनामा आजदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता-२०७७ शुरु भएको छ । उद्घाटन खेलमा ज्ञानु सारु र बेगप्रसाद पाण्डेको जोडी विजयी भएका छन् । सारु र पाण्डेको जोडीले अर्जुन कार्की र आयुस कार्कीको जोडीलाई २-१ को सेटमा पराजित गरेका हुन् ।

Advertisement

पहिलो सेट २१-१९ अंकमा सारु र पाण्डेको जोडीले जित्दै खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेट भने कार्कीको बाबू छोराले २१-११ को अंकमा खेल फर्काउदै बराबरीमा ल्याए । अन्तिम तथा निर्णायक सेटमा २१-११ को सेटमा सहज जित निकाल्दै सारु र पाण्डेको जोडीले जीत दर्तागर्दै दोस्रो चरणमा प्रवेश गरे । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उदटन गर्दै नगरमा खेल विकासमा स्वतस्फूर्त अग्रसर धेरै संघ-संस्थाहरु रहेको बताए । पछिल्लो समय खेलकुदका विद्यालाई समेट्ने गरि खेलकुद विकास समितिमा आवद्ध मार्फत काम अघि बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय, राष्ट्रिय स्तर गरि विविध पुर्वाधार विकासमा आफू लागेको बताए ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे, क्लबका संरक्षक बासुदेव लामिछाने, सल्लाहकार केशव राना, सल्लाहकार देवेन्द्र थापाले खेल विकासमा सबैको सहयोग जरुरी रहेको बताए । लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले विभिन्न उपसमितिमार्फत तयारी पुरा भएको बताए । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता भएको उनले दाबी गरे ।

प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतीयलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतीयलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुसासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

समाज रुपान्तरणका लागि स्थापनाकालदेखि रक्तदान, विभिन्न आपतकालिन अवस्थामा राहत संकलन, नेपाली संस्कृतिलाई जगेर्ना गर्नको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम तथा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत विभिन्न प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताका संयोजक पुरन गाहाले टप रेकिङभन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताए । यसवर्ष खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ बढि टिम हुने उनले बताए । वि.स. २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको उनले बताए । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने