ताजा अपडेट »

अक्षय तृतीया:जौको सातु–सर्वत दान गर्ने दिन

मंगलबार, २४ बैशाख २०७६, १० : ३८
6 Shares

वैशाख २४,

बुटवल । आज वैशाख शुक्ल तृतीया, सनातन धर्मावलम्बीहरू वैशाख शुक्ल तृतीयामा अक्षय तृतीया मनाउँछन् । यो दिन जौको सातु–सर्वत दान गरेर र आफू पनि खाने परम्परा छ । पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ । अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ । ब्रह्मा, विष्णु र महेश्वरको आव्हान गरी घडा र जौको सातु लगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ ।

गर्मी समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।पुराणमा अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको उल्लेख छ । ‘त्यसैले यो दिन विवाह गर्न मुहूर्त्त हेरिरहनु पर्दैन भन्ने मान्यता छ । यो दिन अन्य शुभकर्म गर्न पनि साइत हेराइरहनु पर्दैन भन्ने चलन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।