ताजा अपडेट »

फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण

सोमबार, २३ बैशाख २०७६, १४ : ०२
16 Shares

वैशाख २३,
काठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले साेमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

एकतापछि पार्टीको नाम 'समाजवादी पार्टी नेपाल' राखिएकाे छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयाेजित घाेषणासभामा भट्टराई र यादवले नाै बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ । संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ। नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।