ताजा अपडेट »

गाउँपालिकाको बेरुजु १६ करोड भन्दा बढी

सोमबार, २३ बैशाख २०७६, ११ : ०१
6 Shares

वैशाख २३,
हुम्ला । हुम्लाका सात गाउँपालिका मध्ये छ वटा गाउँपालिकाहरुको बेरुजु १६ करोड भन्दा बढी भएको महालेखा समितिको प्रतिवेदनले देखाएको छ । एक गाउँपालिका ताँजाकोटले सुर्खेतमा आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षण गरेको कारण जिल्लामा महालेखाबाट प्राप्त प्रतिवेदनमा उक्त गाउँपालिकाको बेरुजु देखाइएको छैन । यी गाउँपालिकाको कुल बेरुजु १६ करोड १२ लाख २१ हजार ९५० रहेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदनमा यी मध्ये सबै भन्दा बढी सिमकोट गाउँपालिकाको चार करोड एक लाख २१ हजार ५१० छ भने सबै भन्दा कम अदानचुली गाउँपालिकाको एक करोड ३७ लाख ३०७ रुपियाँ बेरुजु औल्याइएको छ । त्यसै गरी नाम्खाको दुई करोड ३७ लाख ५७ हजार ६१५, चंखेलीको दुई करोड ४९ लाख४० हजार ८७५, खार्पूनाथ गाउँपालिकाको बेरुजु दुई करोड ३५ लाख २८ हजार ६६४ र सर्केगार्डको तीन करोड ५१ लख ७२ हजार ९८० बेरुजु देखिएको छ । बेरुजु औल्याइएको रकममा असुल उपर गर्ने रकम दुई करोड सात लाख ४४ हजार ३४३ रुपियाँ पेश्की बेरुजु औल्याइएको छ । असी लाख भन्दा बढी असुल उपर गर्ने रकम देखिएको छ ।

त्यसै कागजात नपुगेर नियमित गर्ने बेरुजु पनि आठ करोड ४९ लाख ९८ हजार ९६० रहेको छ । यसरी महालेखाद्धारा औल्याइएको बेरुजुमा शिर्षक नमिलाएर खर्च गरिएको, गाउँपालिकाद्धारा निर्णय गराएर दिन नहुँने दिएको, प्रशासनिक खर्च जथाभावी गरेका, खर्चमा मितव्ययीता नअपनाएको जस्ताका कुरा उल्लेख गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताउनु भयो । त्यसै गरी असुल उपर गर्ने बेरुजुमा कर नबुझाएको , मरेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको प्रतिबवदनले देखाएको उहाँले बताउनु भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।