२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

वैशाख १८,
काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।

मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ । छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमी राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यस्तै यसै छनोटबाट आएका यू–१६ खेलाडीले एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।

छनोट हुने खेलाडीमा विक्रम गौतम, विजय राज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् ।  -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक