ताजा अपडेट »

एनएमबि बैंकको ‘सम्पदा जोगाऔं’ अभियान

शनिबार, १४ बैशाख २०७६, २३ : १२
6 Shares

वैशाख १४,

ग्लोबल आवाज
बुटवल । विश्व सम्पदा दिवशको अवसर पारेर एन.एम.बि बैंक लिमिटेडले सातवटै प्रदेशमा ‘आठौं सम्पदा जोगाऔं’अभियान सम्पन्न गरेको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् साँस्कृतिक क्षेत्रको संरक्षण र प्रवद्र्धन टेवा पुराउने उद्देश्य सहित एनएमबि बैंकले बिगतदेखि सम्पदा यात्रा कार्यक्रम संचालन गर्दै आएको छ । आज बुटवलमा आयोजित प्रदेश पाँच स्तरीय एनएमबि सम्पदायात्रा कार्यक्रमका अवसरमा ट्राफिक चौकदेखि सिद्धबाबा धामसम्म जनचेतनामूूलक प्रभातफेरी कार्यक्रमको आयोजनागरेको छ । सम्पदाको संरक्षणमा सरसफाई पनि एक महत्वपूूर्ण पक्ष भएको भन्दै प्रभातफेरीमा सहभागिहरुले सिद्धबाबा धाम परिसरमा सरसफाई कार्यक्रमपनि सम्पन्न गरेकाथिए ।


सो अवसरमा एनएमबि बैंकका प्रदेश ५ प्रमुखसुरेन्द्र महर्जनले सिद्धबाबा धामको सरसफाईमा सहयोग पुराउने उद्देश्यले धामका सचिव लक्ष्मण पोखरेललाई केही थान डस्टविन, कुर्ची र झाडु हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रबन्धक महर्जनले ऐतिहासिक धार्मिक एवम् पुरातात्विक महत्वका सम्पदास्थलहरु अमुल्य सम्पत्ती भएकोले संरक्षण, विकास, प्रचार प्रसार र सम्वद्र्धनमा टेवा पुराउने उद्देश्यले एनएमबि हेरिटेज वाक कार्यक्रम संचालन गरिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।