ताजा अपडेट »

हजुरबुवाको सम्झनामा बुटवलका पाण्डेले दिए मुटु अस्पताललाई एक करोड

शुक्रबार, १० पुस २०७७, १४ : २१
34 Shares

बुटवल । बुटवलका उद्योगी सुरज पाण्डेले गौतमबुद्द सामुदायिक मुटु अस्पताललाई एक करोड सहयोग गरेका छन् । स्वर्गीय हजुरबुवा धनपति पाण्डे र मार्ग दर्शन गर्ने स्वर्गिय फुपाजु अन्नतराम भण्डारीको सम्झानामा उद्योगी पाण्डेले तिलोत्तमा नगरपालिका–४ मा निर्माण हुन लागेको गौतमबुद्द सामुदायिक मुटु अस्पतालका लागि उक्त रकम सहयोग गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउने– १० बिघा जग्गामा निर्माण हुन लागेको मुटु अस्पतालका लागि पाण्डेले शुक्रबार अस्पतालकोे आठौ वार्षिक साधारणसभाको अवसरमा एक करोड प्रदान गरेका थिए । हाल बुटवलको रामनगरमा रहेको मुटु अस्पताल तिलोत्तमा–४ को १० नम्बरमा आफ्नो सेवा विस्तार गर्ने तयारीमा रहेको छ ।

को हुन् पाण्डे ?

मुटु अस्पताललाई एक करोड प्रदान गर्ने सुरज पाण्डे बुटवल–८ सुख्खानगरका स्थायी वासिन्दा हुन् । उनी औषधि व्यवसायी तथा उद्योगी हुन् । उनको आयूर्वेद औषधी उद्योग काठमाण्डौं स्थित धापसीमा रहेको छ भने बुटवल मिलनचोकमा मोटर पार्टस् सम्बन्धी व्यवसाय छ । उनी रोटरी सेन्ट्रल कलेज बुटवलका सदस्य हुन् भने लायन्स क्लबमा पनि आवद्ध छन् । उनका तीन भाई,श्रीमती ,एक छोरा र एक छोरी रहेका छन् । आवश्यक पर्ने जोकोहीलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।