ताजा अपडेट »

एडीबी र नेपाल बीच २ अर्ब ऋण अनुदानका लागि हस्ताक्षर

बुधबार, ०८ पुस २०७७, १५ : ३०
4 Shares

बुटवल । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच २ अर्ब सहुलीयत ऋण सहयोगका लागि सम्झौता पत्रका हस्ताक्षर भएको छ । सेसेक एयरपोर्ट क्षमता अभिवृद्धि परियोजनाका लागि १ अर्ब ४० करोड अमेरीक डलर तथा नदी उकास क्षेत्र तथा बाढीको जोखिम व्यवस्थापनका लागि ६० करोड अमेरिकी डलर ऋण अनुदानको सम्झौता पत्रमा हस्ताक्ष भएको हो ।

बुधबार नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडिबीका तर्फबाट नेपाल संयोजक रूसी लुइस हेन्ड्रिकस भान डाएलले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय हवाई मैदानको क्षमता विकास गर्नका लागि ट्याक्सी वे विस्तार, ह्याङ्गर अप्रोन, टीआईएको जाली फेज वर्क डिजाईन र गौतम बुद्ध एयरपोर्ट (जीबीए) मा दोस्रो टर्मिनल भवनको निर्माणका लागि खर्च गरिने छ । यसै गरी एडीबीले नदिउकास तथा बाढी जोखिम न्यूनिकरणका लगि ६० करोड अमेरिकी डलर ऋण अनुदान उपलब्ध गराउने भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित हस्ताक्षर कार्यक्रमलाई बोल्दै सहासचिव नेपालले यस कार्यक्रमले नेपालको हवाई क्षेत्र र बाढी संरक्षण पूर्वाधारमा महत्पूर्ण प्रगती गर्न सकिने उल्लेख गरे । ऋण अनुदानले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने उनको अपेक्षा छ । यसैगरी एडीबीका नेपाल प्रतिनिधि रुडीले ऋण अनुदान बारे जानकारी गराउँदै हवाई क्षेत्रको विकास तथा नदिउकास तथा बाढीको जोखिम व्यवस्थापन कार्यक्रमम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।