ताजा अपडेट »

एकै दिनमा तीनपटक, भूकम्पको ह्याट्रिक

बुधबार, ११ बैशाख २०७६, १६ : ०९
8 Shares


वैशाख ११,

काठमाण्डौं । वि.सं.२०७२ सालमा नेपालमा गएको महाभूकम्पको भोली ४ वर्ष पूरा हुँदैँछ । तर, आज एकै दिनमा ३ पटक भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार दिउँसो तेस्राे पटक भूकम्प गएकाे छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको  परकम्प गएको थियो । परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियाे ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।