ताजा अपडेट »

क्रिमसन अस्पताल र जनता बैंकबीच सहकार्य

शुक्रबार, ०६ बैशाख २०७६, १९ : ०१
12 Shares

वैशाख ६,
तिलोत्तमा । मणिग्राम स्थित क्रिमसन अस्पताल र काठमाडौंमा प्रधान कार्यालय रहेको जनता बैंक नेपाल लिमिटेडबीच आपसी सहकार्यको समझदारी भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेल र बैंकका सहायक प्रबन्धक विष्णु कुँवरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकका डेभिट र क्रेटिड कार्ड होल्डर तथा कर्मचारीहरुलाई स्वास्थ्य सुविधाका लागि अस्पतालले तोकिएको शीर्षकमा दश प्रतिशत छुट उपलब्ध गराउने छ । सम्झौता अनुसार २०७६ वैशाख ४ देखि २०७८ वैशाख ३ गतेसम्म सो सहमति लागू हुनेछ ।


समझदारीअनुसार अस्पतालले उपलब्ध गराउने छुटका सन्दर्भमा बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुलाई आवश्यक जानकारी गराउने छ । अस्पतालकोतर्फबाट मनमोहन भट्टराई र बैंकको तर्फबाट करुणा जोशीको उपस्थितिमा समझदारी कायम भएको हो । यसअघि क्रिमसन अस्पतालले अन्य विभिन्न संघ–संस्थाहरुसँग पनि यस्तै प्रकारको समझदारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।