७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

पाल्पा । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको हो ।

Advertisement

रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पुर्याएवापत उनलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले जानकारी दिए ।

कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो । उपयुक्त समयमा कसजुको गृहजिल्ला पाल्पामै समारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको हो । प्रतिष्ठानले कसजुको विशेष योगदान रहेका बालबाहित्य, सूचनाको हक र सूचना प्रविधिको प्रयोगका क्षेत्रमा विशिष्ट योगदान गर्नेलाई पनि सम्मान गर्ने, अध्ययन अनुसन्धान गर्ने, विभिन्न सामग्री प्रकाशन गर्नेलगायत योजना बनाएको छ ।

गत वर्ष आजकै दिन दिवङ्गत ग्रामीण पत्रकारिताका अगुवा, सहित्यकार एवं पहिलो प्रमुख सूचना आयुक्त कसजुको स्मृतिमा केही महिना अगाडि प्रतिष्ठान स्थापना भएको थियो । उनको निधनको ४५औँ दिनका पुण्यतिथिमा पाल्पाली सङ्गम काठमाडौँले श्रद्धाञ्जलिसभा आयोजना गरेर प्रतिष्ठान गठन गर्ने घोषणा गरेको थियो । विक्रम संवत् २००४ मा पाल्पाको तानसेनमा जन्मिएका कसजुका बालसाहित्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन् । गाउँले जनजीवनका लागि उपयोगी ‘‘देउराली’ पत्रिका निकालेर कसजुले नेपालमा ग्रामीण पत्रिकाको शुरुआत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने