ताजा अपडेट »

रुपन्देहीमा सडी सकेको अवस्थामा शव फेला

आइतबार, ११ असोज २०७७, १८ : ०२
4 Shares
आइतबार, ११ असोज २०७७
4 Shares

बुटवल । रुपन्देहीमा सडी सकेको अवस्थामा शव फेला परेको छ । जिल्लाको देवदह नगरपालिका–१२ स्थित रोहिणी खोलाको बगरमा आइतबार अन्दाजी ५०/५५ को जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । शवलाई पोष्टमार्टनका लागि भैरहवाको भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यस्तै तिनाउ नदिले बगाएका एक व्यक्तिको प्रहरी र स्थानीले उद्धार गरेका छन् । बुटवल उपमहानगरपालिका–११ मगरघाट स्थित तिनाउ नदीको किनारमा बस्ने सोही ठाउँका ४४ वर्षका कृष्ण कार्की आइतबार शौच गर्ने क्रममा अचानक चिप्लिन गई नदीले बगाएको थियो । उनको युनिभर्सल मेडिकल कलेजमा उपचार लगिएको छ भने अवस्था सामान्य रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।