१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले पार्टी राष्ट्रिय एकताको पक्षमा रहेको बताएका छन् । उनीहरुले पार्टी नेपाली जनताको साथमा रहेको बताए । राप्रपा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ को वडा भेलालाई बुधबार मसिनामा सम्बोधन गर्दैै पार्टीका केन्द्रीय सदस्य ताहिर अलीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

उनले लिपुलेक र कालापानीलाई समेटेर जारी गरिएको नयाँ नक्सा घोषणा गर्दा राप्रपाले त्यसलाई समर्थन गरेको बताए । नेपालको सीमा भारत र चीन कसैले पनि मिच्नु हुँदैन, उनले भने । लुम्बिनीको विकासको लागि धेरै कुरा भए पनि सोचे अनुरुप विकास हुन नसकेको बताए । लुम्बिनीको विकासको लागि स्थानीयवासीलाई पनि सरकारले समेटन सक्नुपर्ने बताए । त्यस्तै राप्रपाका केन्द्रीय सदस्य गंगाराम जैसवाल, प्रवासी नेपाली एकता समाज (यूएई)का वरिष्ठ उपाध्यक्ष मनोज जैसवाल, पार्टीका रुपन्देही जिल्ला सदस्य नाजिर अली, लुसनपा अध्यक्ष राजेश यादव लगायतले बोल्दै मुलुक र जनताको हितमा काम गर्ने पार्टी राप्रपा भएको दावी गरे ।

यसैबीच भेलाले अब्दुल सत्तार शेषको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा जलालुद्दिन मुसलमान रहेका छन् । भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरी ४४ जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य ताहिर अली, गंगाराम जैसवाल लगायतले पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्नेहरुमा उर्मिला माली, वारिस अली मुसलमान लगायत रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था