ताजा अपडेट »

रोल्पा बम बिस्फोटको जानकारी लिन कानुन मन्त्री केसी घटनास्थलमा

शुक्रबार, १९ बैशाख २०७७, ११ : ४०
12 Shares

बुटवल । रोल्पामा बिहिवार भएको बम बिस्फोटमा परी ४ जना बालबालिकाको ज्यान गएको घटना बारेमा जानकारी लिन र पीडित परिवारलाई समवेदना दिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी घटनास्थलमा गएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार शोक विज्ञप्ति जारी गर्दै घटनाप्रती दु:खद व्यक्त गर्दै घटना बारे जानकारी लिन र पीडित परिवारलाई समवेदना दिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी घटनास्थलमा गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री पोखरेलले घटनामा परी घटनामा परी निधन हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोकाकुल परिवारजनप्रति गहिरो समवेदन व्यक्त गरेका छन्।

विष्फोटमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने समेत बताएका छन्। रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा वनमा बाख्रा चराएर घर फर्कदै गर्दा विहिबार साँझ विष्फोट हुँदा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला खत्री, १३ वर्षका गौरव नेपाली र १४ वर्षका नोखीराम डाँगी गरी चार जनाको बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको भन्दै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन पनि गरेका छन् ।

https://www.globalaawaj.com/archives/35312
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।