ताजा अपडेट »

जनप्रतिनिधिबीच कुटाकुट, घाइतेलाई उपचारका लागि पोखरा

विहीबार, ०४ बैशाख २०७७, १८ : ५४
4 Shares

वालिङ । कोरोना संक्रमणले आक्रान्त बनाईरहेको बेला लकडाउन उल्लंघन गर्दै जनप्रतिनिधिहरुले आफ्नो शक्तिको दुरुपयोग गरेको समाचारहरु बाहिर आइरहेको बेला स्याङ्जाको गल्याङ्ग नगरपालिका अन्तर्गत चिउरीको एक कटेजमा जनप्रतिनिधिविच नै हानाहान भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अनन्तराज गैह्रे र जिल्ला समन्वयका समितीका उपप्रमुख दिलिप बगालेबिच हात हालाहाल भएको हो । झडपमा वडाअध्यक्ष गैरेको हात भाचिएको छ, भने उनलाई उपचारको लागि पोखरा लगिएको छ । घटनाको बिषयमा वडा अध्यक्ष अनन्तराज गैह्रेलाई सम्पर्क गर्दा आफु कुटपिटमा परेको बताउदै वडा प्रहरी कार्यलय वालिङमा उजुरी दर्ता गरेको बताए ।उनले राहत वितरणमा गएको बेला आफुलाई कुटपिट गरिएको बताए ।

यसैबीच जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेले सामान्य धकेला धकेला भएको बताए । कालिगण्डकी गाउँपालिका अनुगमनमा गएर फर्कदा बांयटारीको एउटा कटेजमा भेट भएको तर अरु बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए । जनप्रतिनिधिले पासको दुरुपयोग गरि अनावश्यक चहलपहल गरिरहेको गुनासो आएको बेला जनप्रतिनिधि विचमै कुटाकुट हुनु दुखद पक्ष हो भन्दै घटनाका चौतर्फी आलोचना भएको छ ।

घटना हुदा वालिङ क्षेत्रका केही अन्य नेताहरू समेत होटलमा सहभागी थिए ।- अनखबर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।