ताजा अपडेट »

दाङकाे कोरोना विशेष अस्पतालमा ९ जना आइसोलेसनमा

मंगलबार, ०२ बैशाख २०७७, ११ : १६
4 Shares

दाङ। दाङकाे बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ९ जनाकाे आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ ।

वीरगञ्जबाट कैलाली पुगेकी संक्रमित महिलासँगै आएकी दाङकी एक महिला र उनका ५ परिवार तथा अन्य ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेकाे दाङका प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजालले जानकारी दिए । उनले भने, ' वीरगंजबाट आउनेमा दाङकी एक महिला भएकाे थाहा पाउना साथ हामीले साेमबार बेलुकी खाेज गरी उनी र उनकाे परिवारलाई आइसाेलेनमा पठाइसकेका छाैं ।' अहिले उनीहरूमाथि उच्च निगरानी बढाइएकाे प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

अहिले आइसाेलेनमा रहेकाहरूमा घाेराही उपमहानगर वडा नम्बर १४ का ६ जना, एक जना सिमेन्ट कारखानामा कार्यरत रहेकाे र अरू २ जना राजपुर गाउँपालिकाकाे रहेका जिल्ला स्वास्थ्य कार्यालय काेभिड १९ फाेकल पर्सन कमल चन्दले जानकारी दिए ।यस्तै, आइसाेलेसनमा रहेका ९ जनाकाे स्वाब संकलन गरी काेराेना भए नभएकाे जाँचका लागि पठाउने तयारी भइरहेकाे फाेकल पर्सन चन्दले बताए ।

यसअघि काेराेनाकाे आशंकामा आइसाेलेसनमा राखिएका ४० जनाकाे स्वाब परिक्षण गर्दा रिपार्ट नेगेटिभ आएपछि हाम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएकाे छ । यस्तै, दाङमा ३ सय ४२ वटा क्वारेन्टाइन बेड रहे पनि भारतलगायत तेश्राे मुलुकबाट आएका वा आफुलाई शंका लागेकाहरू त्यहाँ गएर बस्नेकाे संख्या अत्यन्तै न्यून रहेकाे छ । जिल्ला विभिन्न पालिकाहरूका अहिले ३९ जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।