ताजा अपडेट »

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन थप्ने तयारी

मंगलबार, ०२ बैशाख २०७७, ०९ : ३९

बुटवल । लकडाउन लब्याउने बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत २५ गते मध्यरातसम्मको लागि समय थप गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।