ताजा अपडेट »

जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरूसँग मन्त्री बरालको भिडियो सम्वाद

शुक्रबार, २८ चैत्र २०७६, १६ : २५
6 Shares

बुटवल । प्रदेशको स्वास्थ्य अवस्था तथा कोरोना विरूद्धको तयारी बारे सामाजिक विकास मन्त्री सुदर्शन बरालले भिडियो सम्बाद गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश ५ अन्तर्गतका १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसँग भिडियो सरेका हुन् । शुक्रवार कोरोना भाइरस नियन्त्रणको लागि जिल्लामा भएका कार्यहरुको बारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गरेका थिए भने आवश्यक तयारीको सम्वन्धमा जानकारी गराएका थिए ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परिक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउदै र्यापिड टेष्टको लागि किट पठाईसकिएको बताए । ‘आवश्यक परेको खण्डमा माग गर्नुहोला हामी तुरुन्तै पठाईदिन्छौ । उनले भने- परिक्षणलाई तिव्रता दिन आरटि पिसिआर मेसिन थपेका छौ ।’ उनले उच्च मनोवलका साथ स्वास्थ्यकर्मीहरुलाई कार्य खटाउन निर्देशन दिदै त्यसको वातावरण मन्त्रालयले मिलाउने बताए ।

जिल्लाका सबै अस्पतालहरुका सबै सेवाहरु सुचारु गर्ने व्यवस्था मिलाउन प्रमुखहरुलाई निर्देशन दिएका छन् । साथै दिर्घरोगीहरुको लागि चाहिने औषधीको नियमित व्यवस्थापनको लागि पनि व्यवस्था गर्न निर्देशन दिए। लक डाउन लम्वीदै जादा अन्य बिरामी मर्कामा परेको बताउदै उनले सबै सेवा सूचारु गराउने व्यवस्था मिलाउनुस निर्देशन दिए । जेष्ठ नागरिक असाहय अपाङगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न समेत मन्त्री बरालले निर्देशन दिए ।

मन्त्री बरालले जिल्लाका स्थानीय तह, राजनितिक दल, विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी कोरोना भाइरस नियन्त्रणको कार्य गर्न निर्देशन दिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले स्वास्थ्यसँग सम्वन्धीत जिल्लाका समस्याहरु समाधानको लागि प्रयास भईरहेको जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।