ताजा अपडेट »

पालिका अध्यक्ष घर्तीमगर स्वास्थ्य इन्चार्जसहित गाउँमा

बुधबार, २६ चैत्र २०७६, २० : ०७
12 Shares

पाल्पा । तिनाउ गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य ईन्चार्ज र स्थानीय सामाजिक व्यक्तित्वहरुकाे टाेली तिनाउ गाउँपालिकाकाे वडा नम्बर ५ मा पर्ने पाताल पुगेकाे छ । साे टाेलीकाे नेतृत्व पालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले गरेका थिए ।

टाेलीले स्थानीय नागरिकहरुसँग काेराेना बारे सचेतना, राेकथामका उपायहरु साे सम्बन्धि पालिकाले गर्दै आएकाे पहलका साथै राहत प्याकेजका बारेमा समेत छलफल गर्याे ।गाउँमा नयाँ मानिसहरु भए अनिवार्यरुपमा क्वारिन्टनमा बस्नु पर्ने र लकडाउनका बेला काेहीपनि घरबाहिर ननिस्कन समेत टाेलीले स्थानीयहरुलाई अनुराेध गरेकाे पालिका अध्यक्ष घर्तिमगरले श्रीनगर अनलाईनलाई जानकारी गराएका छन् साथै टाेली वडा नम्बर २ काे कुसुमडाँडा समेत पुगेर नागरिककाे स्वास्थ्य र सुरक्षाका बारेमा छलफल गरेकाे प्रबक्ता राजेश श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।