ताजा अपडेट »

'कोरोना भाइरसविरुद्ध एकताका लागि दीप प्रज्वलन'

आइतबार, २३ चैत्र २०७६, २० : ५८
18 Shares

बुटवल । कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न भन्दै प्रदेशको अस्थायी राजधानीसहित देशभर आज साँझ घरघरमा दीप प्रज्वलन गरिएको छ । ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न उत्तम रहेका बताएका थिए । तर नेपालमा भने साँझ परेसँगै नागरिकहरुले आ–आफ्नोे घरमा दिप प्रज्वलन गरेका छन् ।

कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताएका छन् । ज्योतिषीय हिसाब साइत, मुहुर्त दिन, दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिएका थिए । धेरै समय र पैसा बर्वाद नहुने भएका कारणले गर्दा सबैलाई दीप प्रज्वलन गर्न उनले आग्रह समेत गरेका थिए । घ्यू मिसिएको दियोबाट निस्किएको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताएका छन् ।कोरोना विरुद्ध मानवीय एकताका लागि सबै एकजुट छौं भन्नका लागि पनि यो प्रयत्न ठिक हुने उनले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।