ताजा अपडेट »

रोट्रयाक्ट डाउनटाउनद्वारा आगलागी पीडितलाई सहयोग

शनिबार, २२ चैत्र २०७६, १८ : १३
2 Shares

बुटवल। सामाजिक कार्यहरुमा अग्रसर रहेको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले कपिलबस्तु विजयनगरको गुगौलीमा आगलागीबाट पिडित भएकालाई राहात वितरण गरेको छ । चैत्र २१ गते राति कपिलबस्तु गुगौलीमा लागेको आगोबाट करीव ३० घर जलेर नस्ट भएको छ ।

आगलागीबाट घर जलेर घर विहिन भएका लाई क्लबले अत्यआवश्यक खाद्यान्न, सिरक, डसना लागाएतको सामाग्रि सहयोग गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए । साथै मानवताको र समाजका लागि हरेक क्षण क्लब तयार र अग्रसर रहेको बताए । कार्यक्रममा बिजयनगर गाउपालिकाका प्रमुख गोपाल थापा मगरले करीव १०० कि.मी टाढा बुटवलबाट पिडितहरुको दुःखमा मलम लगाउन र सहयोग गर्न आएकामा खुसी व्यक्त गरे ।

क्लबका पुर्व अध्यक्ष विमलराज पुरीले समाजमा परेका हरेक समस्याहरुमा रोटरी र रोट्रयाक्ट डाउनटाउन सधै तयार रहि सहयोग गर्दै आएको बताए । कार्यक्रममा पसुपति टेन्ट हाउसका प्रोप्राइटर एवम समाजसेबि पसुपतिज्यूले यो माहान अभियानमा सहभागि भई सहयोग गर्न पाउदा आफु खुसी भएको बताए । साथै मेरी गोल्ड होटलका प्रोप्राइटर टेकु पौडेलले क्लबले अति महत्वपुर्ण कार्यक्रम गरेको र आफुले पनि सहयोग गर्न पाउदा खुसी भएको बताए ।

उक्त कार्यक्रमको सहजिकरण गाउपालिकाका खानेपानि तथा सरसफाई विभागका प्रमुख अर्जुन बेल्बासेले गरेका थिए । साथै क्लबले भोली बुटवलको सुकुम्बासी एरीयमा रोटरी र रोट्रयाक्ट डाउनटाउनद्धारा कोरोनाको माहमारीबाट समस्यामा परेका दैनिकि गरी खनने मजदुर तथा पिछडिएका वर्गमा अति आवश्यक खाद्यन्न तथा औषधि वितरण गरीने क्बवका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।