७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । तर कतिपय मनिसलाई छिनछिनमै चिया पिउनुपर्ने बानी हुन्छ । ब्रिटिस मेडिकल जर्नलले गरेको एउटा अध्ययन अनुसार धेरै चिया पिउने मानिसहरु गम्भीर रोगको शिकार बन्न सक्छन् । एकदिनमा तीन कप भन्दा धेरै चिया पिउने मानिसहरुको स्वास्थ्यमा यसले धेरै नोक्सान पुर्‍याउँछ । त्यसकारण यी उपायहरु अपनाउनुहोस् र यसबारे जानकारी लिइरहनुहोस् ।

Advertisement

चिया पकाउँदा यी पाँच कुरामा ख्याल गर्नुपर्छ :

१. चियापत्ति, दुध र चिनीलाई एकैसाथ उमालेर चिया पकाउनु हुँदैन । पहिले पानी उमाल्ने अनि चियापत्ति हाल्ने र अन्तिममा मात्र दूध हालेर पकाउनुपर्छ ।

२. चियाको पानीलाई एकपटक उमाल्दा ठीक हुन्छ । तीन मिनेट भन्दा धेरै समय चिया उमाल्दा पानीमा अक्सिजनको कमी हुन्छ र चियाको स्वाद पनि खराब हुन्छ ।

३. चियापत्तिलाई सधैँ उम्लिरहेको पानीमा मात्र हाल्नुपर्छ । यसो गर्दा चियाको रङ र स्वाद दुवै राम्रो हुन्छ ।

४. आधा घन्टा भन्दा बढी समय राखिएको चिया पिउनु हुँदैन । यसले अन्य खानेकुराहरु अपच गराउन सक्छ ।

धेरै चिया पिउनाले यस्ता समस्या निम्तिन्छन् :

१. धेरै तातो चिया पिउने मानिसको मुख र पेटलाई जोड्ने नलीहरु खराब हुँदै जान्छन् । यसले क्यान्सर पैदा गर्न सक्छ ।

२. चियामा फ्लोराइड नामक तत्व हुन्छ । त्यसकारण धेरै चिया पिउने मानिसको हड्डी कमजोर हुँदै जान्छ ।

३. धेरै चिया पिउने मानिसलाई बारम्बार पिशाब आइरहन्छ । यस्तोमा शरीरका लागि आवश्यक पोटासियम र सोडियम जस्ता मिनिरल शरीरबाट बाहिर निस्किन्छन् जसले कमजोरी बढाउँछ ।

४. चियामा टैनिन र टायलिन जस्ता पदार्थ हुन्छन् जसले पेटमा समस्या गराउन सक्छ र अपच हुने समस्या देखा पर्छ ।

५. चियामा क्याफिन हुन्छ । त्यसैले यसलाई बारम्बार पिउने गर्दा टाउको दुख्ने र थकान महसुस हुने समस्या हुन्छ ।

चिया धेरै पिउँदा हानिकारक हुने भएपनि यसलाई ठीक मात्रामा पिउँदा भने स्वास्थ्यलाई फाइदा गराउँछ । त्यसकारण दिनमा तीनकप भन्दा बढी चिया पिउने गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने