ताजा अपडेट »

तरकारी फलफूल व्यवसायी बीच छलफल

मंगलबार, ०४ असार २०८१, १८ : ४७
374 Shares
मंगलबार, ०४ असार २०८१
374 Shares

गुल्मि । नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघको टोलीले पाल्पा, गुल्मी र अर्घाखाँचीका तरकारी फलफूल ब्यापारीहरुसँग भेटघाट तथा छलफल सम्पन्न गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष बाबुराम भुषालले ब्यवसायिक हक, हितका लागि अब लुम्बिनी प्रदेशका जिल्लाहरूमा संस्था गठन गर्ने योजना अन्तरगत जिल्ला जिल्लामा भेटघाट कार्यक्रम मार्फत जिल्लाको बस्तुस्थिति बुझेर आवश्यकता अनुसार समिति गठन गर्ने बताए ।

यसैक्रममा गुल्मीको रेसुङ्गामा भएको अन्तरक्रिया कार्यक्रममा तरकारी फलफूल ब्यवसायी संघ गुल्मीका संस्थापक अध्यक्ष धनबहादुर रानाले जिल्लाको वस्तुस्थिति बारे जानकारी दिए । जिल्लामा हाल १ सय ७३ व्यवसायी रहेको उनले बताए । उनले ब्यवसायीहरूलाई  परेका समस्या बारे सहयोग गर्दै संगठित र कसरी बलियो हुन सकिन्छ भन्ने बारेमा छलफल भएको बताए । कार्यक्रममा लुम्बिनी प्रदेस संयोजक अमृत भट्टराईले अब लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगेर समिति गठन गर्ने जानकारी दिए । छलफलमा केन्द्रीय सदस्य मोहमद याकुव लगायतको सहभागिता रहेको थियो ।

अब हरेक जिल्लामा जिनी क्षेत्रका ब्यवस्थित बजार आवश्यक रहेको र निजी क्षेत्रको भूमिका राज्यले बुझ्न नसकेकोले बुझाउन जरुरी रहेको पनि उनिहरूलेबताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।