ताजा अपडेट »

लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको चेतावनी

बुधबार, १२ बैशाख २०८१, ०६ : ०३
240 Shares

बुटवल । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै अत्यधिक गर्मीसँगै चल्ने तातो हावासँग बच्न सचेत गराएको छ ।

महाशाखाकाअनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।बुधबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्यासङिहत छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।