ताजा अपडेट »
एसईई परीक्षा :

सिरहामा १० मिनेट नवित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

शुक्रबार, १६ चैत्र २०८०, ०९ : ५४
294 Shares

सिरहा । सिरहामा परिक्षा संचालन भएको १० मिनेट नवितिदै एसईई परिक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो।

निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यापछ्याप्ती बनाइएको छ।

परीक्षा हल वरिपरी फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरु सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र सामाजिक संजाल मार्फत निजी विद्यालयहरुको हात हातमा पुगेको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।