ताजा अपडेट »

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

मंगलबार, ०८ फागुन २०८०, १२ : १६
56 Shares

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग  इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका अवसरमा मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । 

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताए ।  उनले सरकारलाईं कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा सांसद र संसदका कर्मचारीको क्षमता बिकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेको बताए । 

भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसदको गहना भएको बताउँदै नेपालको संसद संग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।