ताजा अपडेट »

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

आइतबार, ०६ फागुन २०८०, ०८ : ३३
28 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

 संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

 साथै, राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य तथा बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ का सबन्धमा राष्टियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।

 बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्याङकन बिधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् ।

सांसद प्रेम सुवालले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस भनी राख्नु भएको प्रस्तावलाइ निर्णयार्थ प्रस्तुन गरिने भएको छ ।

 अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८०’ लाइ स्विकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

 साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 

 
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।