ताजा अपडेट »

जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

बुधबार, १८ पुस २०८०, ०७ : ५१
76 Shares
बुधबार, १८ पुस २०८०
76 Shares

टोकियो । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ ।
इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन, घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ । आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। उनीहरुका अनुसार १४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्छ । उनीहरुको उद्धारका लागि आपतकालिन बिभागले प्रयास गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।