ताजा अपडेट »

राजनीतिक भावनामा समाचार बहकिनु हुँदैन: मन्त्री केसी

शुक्रबार, २४ माघ २०७६, १९ : ४२
4 Shares

माघ २४,

सुमन के.सी. / ग्लोबल आवाज

दाङ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पछिल्लो समय सञ्चार माध्यमले निष्पक्ष नभएको आरोप लगाएका छन् । उनले राजनीतिक भावनाको आधारमा सञ्चार माध्यममा ठाउँ पाउने गरेको भन्दै मिडियालाई स्वतन्त्र रुपमा काम गर्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश ५ ले दाङको घोराहीमा आयोजना गरेको प्रदेश ५ का पत्रकारहरुको क्षमता विकास तालिमको उद्घाटन गर्दै मन्त्री केसीले सञ्चार माध्यमले जनताको आवाजलाई निष्पक्ष तरिकाले प्रवाह गर्नुपर्नुे बताए । राजनीतिक आस्था, विचार, भावना कै कारणले सञ्चार माध्यममा विषयवस्तु प्रस्तुती हुँदा अनावश्यक विषय वहसमा आउने गरेको बताए । ‘पछिल्लो समय राजनीतिक वेसको आधारमा समाचार आउने गरेका छन् ।’ उनले भने, ‘राजनीति नभएर जनआस्थाको विषयलाई समाचारमा ठाउँ दिनुपर्छ ।’ उनले सञ्चार माध्यममा राजनीतिले बढी ठाउँ पाउदा तल्लो तहले ठाउँ नपाएको गुनासो बढेको बताए । राजनीतिते पत्रकारीतालाई कमजोर बनाएको भन्दै प्रदेशको पत्रकारीता राष्ट्रिय रुपमा अगाडी बढाउनको लागि सबैले पहल गर्नुपर्ने बताए । प्रदेश ५ र संचार क्षेत्रको विषयमा बोल्दै मन्त्री केसीले प्रदेश सरकारले पत्रकारलाई क्षमता विकास, संचारको विषयमा तालिम, छलफलका कार्यक्रम बढी गर्न थालेको जानकारी गराए ।

उनले अध्ययन, क्षमता विकास विना गरिने पत्रकारीताले संचार क्षेत्रलाई नै कमजोर बनाउने टिप्पणी गरे । उनले पत्रकार महासंघ लगायत संचारसँग जोडिएका अन्य सञ्चार संगठनहरुलाई पनि प्रदेश सरकारले भवन निर्माण अन्य भौतिक संरचना निर्माणको लागि सहयोग पनि गरिएको जानकारी दिए । उनले सबैको सुझाव कै आधारमा समानुपातिक विज्ञापन नीति लागु गर्ने, अनलाई नीजि टेलिभिजन, रेडियो पत्रिका सबैलाई समान ढंगले विज्ञापन दिने प्रस्तावलाई कार्यान्वयनमा ल्याउने बताए । त्यसमा पनि मोफसललाई प्राथमिकता दिने उनको भनाई थियो । ‘संचार क्षेत्रमा के कस्तो सहयोगको आवश्यक छ । निती नियमलाई कसरी बनाउने र कान्यान्वयको पाटो के हुने भन्ने विषयमा पनि संचारकर्मीको सुझाव कै आधारमा गर्छौ ।’ उनले भने ‘स्वयम् संस्थाको नेतृत्व गर्नेको सुझाव लिने, सबैले सबैको मर्म बुझ्ने गरि काम गर्छौ ।’

एफएम, टेलिभिजन, पत्रपत्रिका, अनलाईनमा क्रियाशिलहरुले आ-आफ्नो क्षेत्रमा टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको उनले जानकारी दिए । संचारसँग जोडिएका संरचना, राखिनुपर्ने विषय वस्तुहरु संचारकर्मीहरुसँग छलफल गरेर मात्रै निर्णय प्रक्रियामा लैजाने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।