ताजा अपडेट »

एमाले स्वास्थ्य तथा जनसंख्या विभागको रोहिणीमा निःशुल्क शिविर

शनिबार, ३० भदौ २०८०, १६ : ५९
86 Shares
शनिबार, ३० भदौ २०८०
86 Shares

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शनिबार जिल्लाको रोहणीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकले स्वाथ्य सेवा दिने उद्देश्यले विभागले देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा ‘हेल्थ क्याम्प’ गरेको हो ।

रूपन्देहीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने श्रीराम नरेश यादव आदर्श मावि स्वामीनगर रोहिणी वडा नम्बर ३ मा आयोजित शिविरको एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जेष्ठ नागरिकलाई औषधि दिएर उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष केसीले एमाले हरेक नागरिकको सुख दुःखको साथी भएको बताउँदै जनता समस्या बढी भएको ठाउँमा काम गर्ने बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका प्रमुख सुनील श्रेष्ठले आम नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिन शिविर गरिएको बताए । आगामी दिनहरू पनि जिल्लामा विभिन्न क्षेत्रमा यस्ता शिविरहरू गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । सो अवसरमा ५०० जनाले निःशुल्क सेवा लिएका छन् । शिविरमा फिजिसियन, अर्थो, गाइनो र साइकीहाइट्रिक रोगको विषशज्ञहरूले चेकजाँच गरी ३ लाख रूपैयाँ बराबरको निःशुल्क विरामीलाई औषधि पनि वितरण गरिएको थियो ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता, वडा नम्बर ३ को वडा अध्यक्ष वीर बहादुर क्षेत्री, राप्रपा नेता ताहिर अली, एमाले गाउँपालिका अध्यक्ष सुनील कौषल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका सचिव केदार नेपालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।