ताजा अपडेट »

कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने

आइतबार, १९ चैत्र २०७९, १३ : ४५
40 Shares

काठमाडौं। नेपाली कांग्रेसले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बारा–२ मा यादवलाई समर्थन गर्दै चितवन–२ र तनहुँ–१ मा पनि गठबन्धनबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा श्रेष्ठ र भट्टराईलाई समर्थन जुटाउने कांग्रेसले निर्णय गरेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।