२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

खोटाङ । क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ ।क्यान्सर भएपछि विगत सात महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका राईलाई शुभेच्छुकको पहलमा १७ लाख एक हजार १६६ रुपैयाँ उपचार सहयोग जुटाइएको हो । 

आफ्नो गाउँठाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सोलार वितरण लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आले मगरको नेतृत्वमा ‘क्यान्सरपिडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । गाउँ ठाउँको परिवर्तनका लागि योगदान दिएका समाजसेवी राईको जीवन बचाउका लागि १५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिए । क्यान्सर पीडित राईको उपचारका क्रममा हालसम्म १८ लाख खर्च भइसकेको छ । डाक्टरको परामर्श अनुसार औषधि सेवनमा मात्र उनको मासिक दुई लाख खर्च भइरहेको छ । सात महिना यता महंगो औषधि सेवन गरिरहेका कारण उपचारमा सहयोग पुर्‍याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको अर्का अभियन्ता ईश्वर बन्जाराले बताए । 

विभिन्न अभियान्ताबाट संकलन भएको रकमको चेक बिहिबार ललितपुरमा आयोजित कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेका छन् । क्यान्सरसँग जुधिरहेका बेला सहयोग रकम जुटेको देख्दा रोगले गाँजे पनि ‘परोपकारी, निस्वार्थी र समाजसेवी व्यक्तिलाई शुभेच्छुकको साथ मिल्दोरहेछ’ भन्ने महसुस भएको राईले बताए ।क्यान्सर पिडित राईले यसअघि साकुमा फ्रेण्डसीप ट्रष्टमार्फत गाउँमा २१ वटा सामाजिक काम गरेका थिए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु