२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १४,

Advertisement

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेजले फिर्ता गरेको छैन । बुधबार नै शुल्क फिर्ता गर्ने भनिएको थियो ।

मन्त्रालय र मेडिकल सञ्चालकहरूबीच भएको दुई बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् । विद्यार्थीका लागि दुई बुँदे सहमति ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ । चितवन मेडिकल कलेजका छात्र नसिम अख्तरले सहमतिका नाममा विद्यार्थीलाई झुक्याउने र आन्दोलन भाँड्ने काम भएको गुनासो गरे । ।
मेडिकल कलेज सञ्चालकहरूले भने रकम फिर्ता नभई समायोजन गर्ने कुरामा सहमति भएको दाबी गर्दै आएका छन् । चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेले एमबीबीएस र बीडीएस प्रथम र द्वितीय ब्याचको शुल्क समायोजन गर्ने कार्य भइरहेको बताए । ‘‘बढी लिएको शुल्क फिर्ता दिने विषयमा सहमति भएको होइन र’’ भन्दा उहाँले फिर्ता नभई बुधबारबाट नै समायोजनको प्रक्रिया सुरु भइसकेको उनले भने ।

यस्तै, तेस्रो र चौथो ब्याचबाट उठाइएको बढी शुल्क चिकित्सा शिक्षा आयोगको समन्वय र छलफलपछि अर्को वर्ष ९एक वर्षपछि० तिर्ने सहमति भएको भनाइ मेडिकल सञ्चालकहरूको छ ।
चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीबाट ४० लाख २३ हजार, बाहिर ४४ लाख ३५ हजार र बीडीएस अध्ययनरत विद्यार्थीका लागि उपत्यकाभित्र २० लाख १९ हजार र बाहिर लाख १९ हजार रुपियाँ शुल्क निर्धारण गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा मेडिकल सञ्चालकहरूले सहमतिअनुसार रकम फिर्ता गर्नुपर्ने बताउँछन् । ‘‘समायोजन होइन फिर्ता गर्ने कुरामा सहमति भएको हो । सोही अनुसार विद्यार्थीहरूले पनि आन्दोलन फिर्ता गरी शुल्क फिर्ता लिने वातावरण बनाउनुपर्छ,’’ उनले स्पष्ट पारे । – गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने