ताजा अपडेट »

अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: भट्टराई

विहीबार, १२ मंसिर २०७६, ११ : ४६
6 Shares


मंसिर १२,

ग्लोबल आवाज

दाङ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

रिपोर्टस क्लव दाङले विहिबार तुलसीपुरमा गरेको साक्षात्कारमा भट्टराईले दलको भागबन्डामा बनेको आयोग अत्यन्तै कमजोर प्रकृतिको भएको भन्दै यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गरे । ‘जनताप्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्थ गर्नुपछ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने –‘त्यसले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्ट्राचारको छानबिन गरेर भ्रष्ट्रचार रोक्न सकोस् ।’

देश गरिबी र बेरोजगारको दुश्चक्रमा रहेको बताउँदै भट्टराईले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको आरोप लगाए । सुखी नेपाली र समृद्ध नेपालको नारा बाहेक देखिने गरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले ठोस् योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गरे ।

‘दुईतिहाई प्राप्त बहुमतको सरकारले देखिने गरी न त रोजगार सिर्जना गर्न सक्यो, न त लगानी पर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्टराईले भने ‘निर्माण र व्यापारका केहि क्षेत्रमा ६÷७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दिगो विकास हुँदैन ।’ आफ्नो पार्टी नयाँ बैकल्पिक शक्तिका रुपमा उदयमान हँुदै गरेको बताउँदै समुन्त संघीय समाजवादसँग बिचार मिल्ने पार्टी र समूहसँग एकता गरेर वृहत धु्रवीकरण गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।