ताजा अपडेट »

उपनिर्वाचन : दाङमा पुरुषभन्दा महिला मतदाता बढी

बुधबार, ११ मंसिर २०७६, ११ : ५९
6 Shares

मंसिर ११,

दाङ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही-१६ मा ७३ हजार १ सय ७२ मतदाता रहेकामा ३७ हजार ३ सय ५ महिला मतदाता छन्।

पुरुष मतदाता ३५ हजार ८ सय ६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। दङ्गीशरण गाउँपालिकामा ७ हजार ९ सय ८१ महिला तथा ७ हजार ७ सय १५ पुरुष मतदाता छन्। शान्तिनगर गाउँपालिकामा ९ हजार २ सय ८३ महिला र ८ हजार ८ सय २० पुरुष मतदाता छन्। बबई गाउँपालिकामा ९ हजार ५ सय ११ महिला र ९ हजार ३ सय ३८ पुरुष मतदाता रहेको कुँवरले बताए। यस्तै तुलसीपुर उपमहानगरपालिका-१, २, १० र ११ मा ८ हजार १ सय ६५ महिला, ७ हजार ९ सय ५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन्। घोराही उपमहानगरपालिका-१६ मा २ हजार ३ सय ६५ महिला र २ हजार ८८ महिला मतदाता छन्।

चुनावलाई मर्‍यादित बनाउन विप्लव समूहलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। उनका अनुसार विप्लव समूह घोषितरूपमै निर्वाचन भड्काउनका लागि सक्रिय भएकाले निगरानी बढाइएको हो। यहाँ ६ अति संवेदनशील र २६ संवेदनशील मतदानस्थल रहेका छन्। - रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।