२१ माघ २०७९, शनिबार

Feb 4, 2023

बुटवल। उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताए ।

Advertisement

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान रहेको बताए । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह जारी रहेको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए । उनले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव जेपी कंडेल, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य कुमार सारू मगर, देवदह चेम्बर अफ कमर्सका अध्यक्ष कोष बहादुर गुरुङ, नेपाल अडिटर्स एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी लगायतले बोल्दै कर प्रशासनले कर शिक्षा दिने समयको रूपमा कर सप्ताहलाई लिएको बताएका थिए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै