ताजा अपडेट »

सर्वाेच्च परिसरमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ

सोमबार, २९ कार्तिक २०७८, ११ : १८
8 Shares

काठमाडौं । सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । 

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो । बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वाेच्च गेटबाट चार जना पक्राउ परेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।